राउटे समुदायका युवतिमाथि भएको आपराधिक घटनाप्रति सोसेकको गहिरो चिन्ता

राउटे समुदायका युवतिमाथि भएको आपराधिक घटनाप्रति सोसेकको गहिरो चिन्ता

दैलेख: सोसेक नेपाल लोपन्मुख राउटे समुदायप्रति सदैव संवेदनशील र प्रतिबद्ध संस्थाको रूपमा काम गर्दै आएको छ, हालै राउटे वस्तिमा पुगेर एक बाहिरी व्यक्तिले राउटे युवतीमाथि जवरजस्ति प्रयास गरेको भन्ने घटनाप्रति एक प्रेस नोट जारी गर्दै गहिरो दुःख, आक्रोश र चिन्ता व्यक्त गरेको छ ।
यो घटना निन्दनीय मात्र नभई लोपन्मुख समुदायको अस्तित्व, सम्मान र सुरक्षित जीवनशैलीमाथि गरिएको एक गम्भीर प्रहार हो । यस्ता आपराधिक कृयाकलापले केवल राउटे समुदायमा असुरक्षा फैलाउँने भएर नेपाल सरकारले प्रदान गरेका विशेष संरक्षण अधिकारहरूमाथि पनि प्रश्न उठाउँछ ।


सोसेक नेपालले नेपाल सरकारसँग विभिन्न मागहरुः
१. घटनाको गम्भीर र निष्पक्ष छानबिन गरियोस् र दोषीमाथि कडा कानुनी कारवाही होस् ।
२. राउटे समुदायको सुरक्षा प्रत्याभूति गर्न स्थायी सुरक्षा संयन्त्र स्थापना गरियोस् ।
३. राउटे समुदायका महिलाहरूको अधिकार, स्वास्थ्य र मर्यादाको रक्षा गर्न राज्य र सरोकारवाला निकायहरू गम्भीर रूपमा लागिपरोस् ।
४. स्थानीय तह, प्रहरी प्रशासन र मानव अधिकार निकायहरू यस घटनामा उत्तरदायी र संवेदनशील बनून् ।


सोसेक नेपालको प्रतिबद्धताः राउटे समुदायमाथिको कुनै पनि हिंसा, दुव्र्यवहार वा उत्पीडनको विरोधमा सोसेक नेपाल सदैव सशक्त आवाज उठाउँदै आएको छ र आगामी दिनहरूमा पनि पीडितको न्याय सुनिश्चित गर्न सबै तहमा समन्वयात्मक पहल गरिरहनेछ ।
हामी सबैलाई आग्रह गर्दछौं—यस घटनालाई व्यक्तिगत विषय नभई सामाजिक उत्तरदायित्वका रूपमा लिई आवाज उठाऔं, राउटे समुदायको संरक्षण गरौं उत्त प्रेसनोटमा जारी गरेको छ  ।

प्रतिक्रिया