विश्व हात धुने दिवस २०८२ को अवसरमा सोसेक नेपालको सन्देश

विश्व हात धुने दिवस २०८२ को अवसरमा सोसेक नेपालको सन्देश

दैलेख: सोसेक नेपालले विश्व हात धुने दिवस २०८२ को अवसरमा शुभकामना व्यक्त गरेको छ । बुधबार  एक प्रेसनोट जारी गर्दै “ सफा हात सबैको पहुचमा हुनुपर्छ ” भन्ने यस बर्षको नारा लाई आत्मसात गर्दै सबैलाई स्वच्छ हात धुने व्यवहारलाई दैनिकीको अभिन्न अङ्ग बनाउने अपिल गर्दछ ।
कार्यकारी निर्देशक हीरासिंह थापा र अध्यक्ष मञ्जु कुमारी खड्काले संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा हात धुने सरल अभ्यासले सङ्क्रमण, झाडापखाला, श्वास प्रश्वास जन्य रोग, कुपोषण र महामारीहरूबाट बचाउने महत्वपूर्ण उपायको रूपमा काम गर्दछ । तर, अझै पनि नेपालमा धेरै बालबालिका, विद्यालय, र समुदायमा साबुनपानी प्रयोग गरेर नियमित हात धुने पहुँच र व्यवहारको कमी देखिन्छ  उक्त प्रेस नोटमा उल्लेख गरीएको छ ।

सोसेक नेपालका मुख्य पहलहरू :
१. विद्यालय र बाल क्लबहरूमा WASH र व्यवहार परिवर्तन कार्यक्रमहरू।
२. सुरक्षित खानेपानी र हात धुने संरचना स्थापना (WASH stations) ।
३. आमा समूह, शिक्षक र किशोरीहरूलाई अभिमुखीकरण तथा सचेतना तालिम् ।
४. बालमैत्री सामग्री (पोस्टर, गीत, खेल, र नाटक) मार्फत जनचेतना ।
५. स्थानीय सरकारहरूसँग सहकार्य गर्दै सार्वजनिक स्थानमा हात धुने सुविधा विस्तार । 


हामी सबैको साझा जिम्मेवारीः
१. साबुन पानीले हात धुने व्यवहारलाई प्रोत्साहन गरौं र विद्यालय, घर, सार्वजनिक स्थल, स्वास्थ्य संस्था जस्ता सबै ठाउँमा ध्ब्क्ज् पूर्वाधार उपलब्ध गराऔं ।
२. बालबालिकालाई सानैदेखि स्वच्छताको महत्व सिकाऔं ।
३. सरकार, नागरिक समाज, र विकास साझेदारले WASH मा लगानी बढाऔं ।
सोसेक नेपालको प्रतिबद्धता: सोसेक नेपाल कर्णाली प्रदेशका विभिन्न पालिकाहरूमा WASH सुधार र व्यवहार परिवर्तनका लागि कार्यरत छ। हामी साझेदारी, समुदायको स्वामित्व र सहभागीता आधारित मोडेलमार्फत स्वच्छता प्रवद्र्धन गर्दै आएको छौं । हामी सबैलाई आह्वान गर्दछौं की स्वस्थ जीवनको सुरुवात हातको सफाइबाट गरौं र हात धुनु अधिकार हो, जिम्मेवारी पनि,उक्त प्रेसनोटमा उल्लेख गरेको छ । 

प्रतिक्रिया