सोसेक नेपालको आह्वान “दिगो भविष्यका मुख्य आधार ग्रामीण महिला”

सोसेक नेपालको आह्वान “दिगो भविष्यका मुख्य आधार ग्रामीण महिला”

दैलेख- सोसेक नेपाल आजको दिनलाई अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस २०८२ अर्थात २०२५ को अवसरमा शुभकामना ब्यक्त गरेको छ । नेपालका ग्रामीण क्षेत्रका महिला किसान, श्रमिक, उद्यमी र परिवार अभिभावकहरूलाई श्रद्धा, सम्मान र एकजुटता प्रकट गर्दछ ।

बुधबार कार्यकारी निर्देशक हीरासिंह थापा र अध्यक्ष मञ्जु कुमारी खड्काले संयुक्त रूपमा प्रेसनोट जारी गर्दै “दिगो भविष्यका मुख्य आधार ग्रामीण महिला” भन्ने यस बर्षको नारा लाई आत्मसात गर्दै विश्वव्यापी रूपमा यो दिवसले खाद्य सुरक्षा, कृषि, जलवायु अनुकूलन, र सामुदायिक सशक्तीकरणमा ग्रामीण महिलाहरूको योगदान र अधिकारलाई उजागर गर्छ। नेपालमा, विशेष गरी कर्णाली प्रदेश जस्ता भूगोलमा, महिलाहरूले परिवारको जीवनस्तर सुधार, विपद् व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा महत्वपूर्ण नेतृत्व प्रदान गरिरहेका छन् उक्त प्रेस नोटमा उल्लेख गरीएको छ ।

सोसेक नेपालको प्रतिबद्धताः
सोसेक नेपाल ग्रामीण महिलाहरूको सशक्तीकरण र समान अवसर सुनिश्चित गर्न निरन्तर क्रियाशील छ । हामी समावेशी विकास, लैङ्गिक न्याय, र सामाजिक रूपान्तरणमा ग्रामीण महिलालाई केन्द्रमा राख्ने प्रतिबद्धता दोहो¥याउँछौं । आउनुहोस् ग्रामीण महिलाको सम्मान गरौं, उनीहरूको आवाज सशक्त बनाऔं, र दिगो भविष्यका लागि सहकार्य गरौं , प्रेसनोटमा जारी गरेको छ  ।


 

प्रतिक्रिया