ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

ओमानलाई हराएसँगै नेपाल विश्वकप छनोटको उपाधि नजिक

काठमाडौं : आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकालेको छ । जितसँगै सुपर–६ को शीर्ष स्थानमा उक्लिएको नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ ।

बुधबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११३ रनमात्र बनाउन सक्यो । यो जितका बावजुद नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेल अगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको थियो । नेपालले समग्रमा तेस्रो पटक टी–२० विश्वकपको टिकट काटेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।

यता, नेपालसँग पराजित ओमानले पनि विश्वकपमा स्थान सुनिश्चित गरिसकेको छ । नेपालले अब प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार समोअविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया