सोसेक नेपालको आह्वान “खाद्य सुरक्षा र जीवनको आधार—पानी र सहकार्य”

सोसेक नेपालको आह्वान “खाद्य सुरक्षा र जीवनको आधार—पानी र सहकार्य”

दैलेखः सोसेक नेपाल आजको दिनलाई विश्व खाद्य दिवस २०२५ अर्थात २०८२ को अवसर, नेपालका किसान, महिला, युवा, र ग्रामीण समुदायका सबै श्रमिकहरूलाई हार्दिक सम्मान प्रकट गरेको छ् ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ( एफएओ) द्वारा यस वर्षको विश्व खाद्य दिवसको नारा “Water is Life, Water is Food — Leave No One Behind ” तय गरिएको छ, जसले खाद्य प्रणाली र जीवन दुवैका लागि पानीको महत्त्वलाई उजागर गर्छ ।
कार्यकारी निर्देशक हीरासिंह थापा र अध्यक्ष मञ्जु कुमारी खड्काले संयुक्त रूपमा प्रेसनोट जारी गर्दै नेपाल जस्तो कृषि–प्रधान देशमा, जलवायु परिवर्तन, सुख्खा, बाढी, र अस्थिर वर्षाका कारण पानी र खाद्य सुरक्षामा गम्भीर चुनौती देखिएको छ। यस सन्दर्भमा, स्रोत व्यवस्थापन, दिगो कृषि अभ्यास र समावेशी नीतिहरू अत्यावश्यक छन्, उक्त प्रेस नोटमा उल्लेख गरीएको छ ।  


साथै सोसेक नेपाल कर्णाली प्रदेशका विभिन्न जिल्लामा पोषण,वास र दिगो खाद्य प्रणाली प्रवद्र्धनका लागि कार्यरत छ । हामी समुदाय, स्थानीय सरकार र साझेदारहरूसँग मिलेर खाद्य सुरक्षालाई मानव अधिकार र विकासको आधारका रूपमा सुदृढ गर्न निरन्तर प्रयत्नशील रहेकाछौं ।
आउनुहोस् “पानी बचाऔं, जीवन बचाऔं, र सबैका लागि खाद्य सुरक्षाको ग्यारेन्टी गरौं ।”  सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ ।

प्रेस नोटः

प्रतिक्रिया