खानेपानी सरसफाइमा संघ सस्थाको योगदान अमुल्य रहेको छः महर
जाजरकोट: नलगाड नगरपालिका वडा नं–१ जाजरकोटका वडा अध्यक्ष धन बहादुर महरले हाम्रो समाजलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा गैरसरकारी संस्थाको अमूल्य योगदान रहेको बताए । उनले हरेक व्यक्तिले आफ्नो दैनिकी दिनचर्यामा नियमित रूपमा हात धुने कार्यलाई समावेश गर्नु आवश्यक रहेको बताए । साथै यस नगरपालिका, वडा कार्यालय र सम्पूर्ण लक्ष्मी पाखा ठोलाबगर समुदायको तर्फबाट सरसफाइ सामग्री उपलब्ध गराइदिएकोमा यस कार्यक्रमका लागि युनिसेफ नेपाल,इस्लामिक रिलिफ नेपाल र सोसेक नेपाललाई हार्दिक धन्यवाद दिए ।

सोसेक नेपालका खानेपानी, सरसफाइ तथा स्वच्छता पुनःस्थापना परियोजनाका परियोजना संयोजक रत्न बहादुर डाँगीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना राख्दै सोसेक नेपालले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा पुयाएको योगदानको बारेमा जानकारी दिए । साथै, सोसेक नेपाल कार्यालय दैलेखबाट पठाइएको विश्व हात धुने दिवसको अवसरमा शुभकामना सन्देश पढी सुनाएका थिए ।
उक्त कार्यक्रम बुधवार विश्व हात धुने दिवसको अवसरमा सोसेक नेपाल द्वारा सञ्चालित खानेपानी सरसफाइ तथा स्वच्छता पुर्नालाभ परियोजना तथा नलगाड नगरपालिका वडा नं–१, लक्ष्मी पाखा, ठोलाबगर खानेपानी उपभोक्ता समितिकी अध्यक्ष नबिना पुनको अध्यक्षतामा एक कार्यक्रम गरिएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि,समाजसेवी,सङ्घ संस्थाका प्रतिनिधि , खानेपानी उपभोक्ताकाका सदस्यहरू लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया