पालिका स्तरीय सुरक्षा लेखापरिक्षण तथा सुरक्षा निरिक्षण कार्यक्रम सम्पन्न
दैलेखः युरोपेली संघको आर्थिक सहयोग र संयुक्त राष्ट्रसंघिय निकायहरु UNFPA /UNICEF /ILO/UN WOMEN र नारायण नगरपालिकाको समन्वयमा सञ्चालित सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तरगर्त युनिसेफ नेपाल, आवाज सस्थाको आयोजनामा “सकारात्मक लैंगिक मापदण्डहरुको प्रवद्र्धन लैंगिक हिंसाको रोकथाम र यसका सेवाहरुमा पहुंच अभिवृद्धि” लगायत बाल केन्दित लैङ्गिकतामा आधारित हिसां सम्बन्धित वकालतको लागी पालिका स्तरिय किशोरी सञ्जाल र सरोकारवालाहरु बिच सुरक्षा लेखा परीक्षण र सुरक्षा निरीक्षण कार्यत्रम नारायण नगरपालिका दैलेखमा सम्पन्न भएको छ ।
कार्यक्रममा नारायण नगर प्रमुख लोमन शर्माले भने “किशोर किशोरीहरुको क्षमता बिकास गर्न बालवालिकामा हुने हिंसा न्युनिकरण गर्ने, बिद्यालय क्षेत्रमा गुनासो सुनुवाईको ब्यावस्था अनिवार्य हुनुपर्ने, विद्यालयमा बालकचहरी लगायताका कार्यक्रमहरु एकै पटक नभई नियमित गर्ने प्रतिवद्धता जनाए” । साथै उनले ‘सशक्त महिला समृद्ध नेपाल’ निमार्ण गर्नको लागि समाज रुपान्तरण गर्न हिंसाहरुको अन्त्य गरेमात्रै ‘सशक्त महिला समृद्ध नेपाल’ निमार्ण हुने बताए ।
साथै प्रमुख, उपप्रमुख, वडाअध्यक्ष , नगरपालिकाका शाखागत प्रतिनिधिहरु , सोसेक नेपालका प्रतिनिधि, शिक्षक र किशोरीहरुले सुरक्षा लेखा परिक्षण तथा सुरक्षा निरिक्षण र सुधार गर्नुपर्ने योजना तयार पारेका थिए ।
प्रतिक्रिया