सोसेकले बाल हेल्पलाइन र सेफ हाउस लगायत सेवाहरु तिहारमा पनि सेवा जारी राख्ने

सोसेकले बाल हेल्पलाइन र सेफ हाउस लगायत सेवाहरु तिहारमा पनि सेवा जारी राख्ने

दैलेख: नेपालीहरुको महान चार्ड दिपावलीको अवसरमा सोसेक नेपालले देशभर रहेका आफ्ना कार्यालयहरू मध्य तिहार विदाको समयमा पनि दैलेख र कालिकोटमा सञ्चालित बाल हेल्पलाइन  ‘१०९८’ सेवा तथा सेफ हाउस र जुम्लास्थित ट्रान्जिट होमका सेवाहरु तिहारमा पनि २४ सै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको छ । संस्थाले जारी गरेको सुचनाको आधारा बाल हेल्पलाइन, सेफ हाउस र जुम्लास्थित ट्रान्जिट होमका सेवाहरु भने २४ सै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको सुचनामा उल्लेख गरीएको छ ।

यस्तै दैलेख, सुर्खेत, काठमाडौँ, दुल्लु, चामुण्डा,ठाटिकाँध जाजरकोटको नलगाड लगायतका स्थानमा रहेका कार्यालयहरू बन्द रहने छन भने कार्तिक ९ गते आइतबारदेखि पुनः नियमित रूपमा सञ्चालनमा आउने  संस्थाका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए। । उनले  सम्पूर्ण नेपालीलाई दिपावली तथा छडपर्व २०८२ को शुभकामना व्यक्त गरेका छन ।
 साथै, आफ्ना कार्यसम्बन्धी सुझाव, गुनासो वा सल्लाहका लागि टोल फ्री नम्बर १६६०८९४२००१ र ९८०१५७४८८८  मा सम्पर्क गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया