सोसेक नेपालको आह्वान “गरिबी अन्त्यको यात्राः सम्मानजनक काम र सामाजिक सुरक्षाद्वारा सबल समाजतर्फ”

सोसेक नेपालको आह्वान “गरिबी अन्त्यको यात्राः सम्मानजनक काम र सामाजिक सुरक्षाद्वारा सबल समाजतर्फ”

दैलेखः सोसेक नेपाल आजको दिनलाई नेपाल अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवस २०२५ अर्थात २०८२ को अवसर, नेपालका ग्रामीण तथा सीमान्त समुदायहरू, दैनिक श्रमिक, किसान, दलित, महिला, र अपाङ्गता भएका व्यक्तिहरूप्रति एकता, सम्मान र समर्थन व्यक्त गर्दछ ।
कार्यकारी निर्देशक हीरासिंह थापा र अध्यक्ष मञ्जु कुमारी खड्काले संयुक्त रूपमा प्रेसनोट जारी गर्दै गरिबी अन्त्यको यात्राः सम्मानजनक काम र सामाजिक सुरक्षाद्वारा सबल समाजतर्फ  नारा तय गरेको छ , विश्व समुदायलाई आर्थिक असमानता, बेरोजगारी, र सामाजिक बहिष्करण अन्त्यका लागि सम्मानजनक रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित गर्ने सामूहिक जिम्मेवारी स्मरण गराउँछ  उक्त प्रेसनोटमा उल्लेख गरीएको छ ।
साथै सामाजिक न्याय, समावेशी विकास, र समान अवसर प्रवद्र्धनका लागि कार्यरत छ। हामी स्थानीय सरकार, साझेदार संस्था, र समुदायसँग सहकार्य गर्दै “गरिबीमुक्त, मर्यादापूर्ण र समतामूलक समाज” निर्माणतर्फ निरन्तर क्रियाशील रहनेछौं ।
आउनुहोस् सम्मानजनक काम र सामाजिक सुरक्षाद्वारा सबैको मर्यादा सुनिश्चित गरौं । गरिबी होइन, समानताको संस्कार फैलाऔं, सोसेक नेपालको प्रतिबद्धता रहेको छ ।


 

प्रतिक्रिया