महिला समुहलाई तरकारी बीउ तथा कृषि सामग्रि वितरण
कालिकोटः खाडाचक्र नगरपालिकामा गठित महिला समुहका सदस्यहरूलाई १ दिने बेमौसमी तरकारी तालिम तथा प्लास्टिक गुम्बोज सँगै विभिन्न किसिमका उन्नत बीउ तथा कृषि सामग्रीहरू वितरण गरिएको छ । महिला समुहका किसान व्यावसायिक रूपमा तरकारी खेती गर्न आकर्षित होउन् भन्ने हेतुले बीउ वितरण गरिएको छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा खाडाचक्र नगरपालिकाका– १ देखि ५ सम्मको गठित महिला समूहको सदस्यहरूलाई बिउ विजन तथा कृषि सामग्री दिइएको हो । कृषि सामग्री तथा बिउ बिजन वितरण गठित महिला समुहका १० जनालाई सरल थोपा सिजाइ तथा प्लास्टिक गुम्बोज र तालिम सहित बिउ बिजन वितरण गरिएको छ । वितरण गरिएको काउली, बन्दा, टमाटर, गाँजर, मुला, धनियाँ,सिमी र सागका बीउ रहेका छन् ।

बिउ तथा कृषि सामग्री वितरणमा खाडाचक्र नगरपालिका वडा न २ को वडा सदस्य आइतु कामिले सबै महिलाहरूलाई आयआर्जनमा वृद्धि गर्न बिउ,लगायत कृषि सामग्री वितरण गरिएको बताइन् । उनले थप जीविकोपार्जनको कार्यक्रमले समुदायमा सकारात्मक अभ्यासको थालनी भयको छ र सामग्री लगिसकेपछि घरमा प्रयोगमा ल्याउन आग्रह गरिन् ।
बिउ तथा कृषि सामग्री पाए पछि सालडाडा महिला समूहको अध्यक्ष उमा बरालले भनिन “सोसेक नेपालले गरेको राम्रो अभ्याले हामी खुसी छौ र लिइएको कृषि समग्रिको सही सदुपयोग गर्ने छौ ।” साथै पञ्चदेव महिला समूहको अध्यक्ष जसु उपाध्याय बरालले सोसेक नेपाल हाम्रो जीविकोपार्जनको स्रोत बनेकोमा धन्यवाद दिएको आधार परियोजनाका फिल्ड अफिसर ईश्वर रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया