समाजसेवी टोपेन्द्र भट्टराईद्वारा हिमालय माविलाई आर्थिक सहयोग

समाजसेवी टोपेन्द्र भट्टराईद्वारा हिमालय माविलाई आर्थिक सहयोग

 

दैलेख –  हिमालय माध्यमिक विद्यालयलाई स्थानीय समाजसेवी टोपेन्द्र कुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा रु ४ हजार १ सय ५१ आर्थिक सहयोग प्रदान गरेका छन्।

भट्टराई चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का वडा अध्यक्ष थानेश्वर जैसी नवीन भट्टराईका ज्येष्ठ सुपुत्र समेत हुन्। उनी हाल चामुण्डा स्टोर चामुण्डाका सञ्चालकका रूपमा परिचित समाजसेवी व्यापारी हुन्।

विद्यालयका अनुसार जन्मदिनकै दिन उनले विद्यालयको आर्थिक तथा भौतिक सुधारका लागि सहयोग रकम हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।विद्यालय परिवारले भट्टराईप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु, व्यापार–व्यवसायमा निरन्तर सफलता र समाजसेवामा अझ प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

विद्यालयले भट्टराईको यो योगदान विद्यालयको अभिलेखमा औपचारिक रूपमा अभिलेखीकरण गर्ने र प्राप्त रकम विद्यालयका शैक्षिक तथा भौतिक सुधारका कार्यमा प्रयोग गरिने  प्रधानध्यापक हर्क बिकले बताए ।

प्रतिक्रिया