दुल्लूमा खुला भलिबल प्रतियोगिता सम्पन्न

दुल्लूमा खुला भलिबल प्रतियोगिता सम्पन्न

दैलेख – दुल्लू नगरपालिका–१३ मा वडा खेलकुद समितिको आयोजनामा सम्पन्न खुलेआम भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

समापन समारोहमा नगरप्रमुख भरतप्रसाद रिजालको प्रमुख आतिथ्यतामा विजेता टिमहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख रिजालले दुल्लू नगरपालिकाले खेलकुद तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र नगरको नीति तथा कार्यक्रमभित्र खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिएको बताए। साथै, आगामी वर्षहरूमा खेलकुद क्षेत्रलाई अझ व्यवस्थित र सशक्त रूपमा अघि बढाइने जानकारी पनि उनले दिए।

प्रतियोगिताको मर्यादित र सभ्य सञ्चालनका लागि रेफ्रीहरू विवश योगी, योगेन्द्र विक्रम शाह, मानबहादुर शाही र विकास वज्राचार्यको सहभागिता रहेको थियो। प्रतियोगितामा कुल १३ टिमहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा गुराँस गाउँपालिकाको टिम प्रथम, दुल्लू नगरपालिका–४ को टिम द्वितीय र आयोजक दुल्लू नगरपालिका–१३ को टिम तृतीय स्थानमा रहे।

कार्यक्रममा नगरप्रमुख भरत रिजाल, उपप्रमुख विना कार्की, वडाध्यक्ष लालबहादुर शाही, कार्यपालिका सदस्य विष्णा विक, वडा सदस्य विष्णा शाही, वडा सचिव कमल भण्डारी, नगर खेलकुद सदस्य तेजबहादुर शाही लगायत स्थानीयहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै तिहार पर्वको  शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको नगर खेलकुद विकास समिति सदस्य तेजबहादुर शाहीले जानकारी दिए।

प्रतिक्रिया