विश्व विकास सूचना दिवस २०८२ का अवसरमा सोसेक नेपालद्वारा शुभकामना सन्देश
दैलेख– हरेक वर्ष अक्टोबर २४ तारिखका दिन मनाइने विश्व विकास सूचना दिवस २०८२ को अवसरमा सोसेक नेपालले शुभकामना सन्देश जारी गरेको छ।
संयुक्त राष्ट्रसंघको महासभाद्वारा सन् १९७२ मा घोषणा गरिएको यस दिवसको उद्देश्य सूचना र सञ्चार प्रविधिमार्फत विकाससम्बन्धी विषयहरूमा जनचेतना अभिवृद्धि गर्नु, विश्वव्यापी सहकार्य प्रवर्द्धन गर्नु, तथा दिगो विकास र गरिबी न्यूनीकरणका लागि सूचना सुलभता र पारदर्शिता सुनिश्चित गर्नु रहेको छ।
सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा र अध्यक्ष मञ्जु कुमारी खड्काले संयुक्त रुपमा जारी गरेको सन्देशमा भनिएको छ । “सूचनाको पहुँचले मात्र समावेशी विकास सम्भव हुन्छ। सूचना र सञ्चार प्रविधि दिगो विकासको मेरुदण्ड हो।”
संस्थाले ग्रामीण समुदायमा सूचना पहुँच विस्तार, नागरिक सचेतना अभिवृद्धि, र समावेशी शासन, बाल अधिकार, लैङ्गिक समानता, र जलवायु अनुकूलनका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ।
सोसेक नेपालले यस अवसरमा “विकासमा सूचना अधिकार पनि, अवसर पनि” भन्ने नारालाई आत्मसात् गर्दै सबै नागरिकलाई सूचना सशक्तिकरणमार्फत उत्तरदायी र समावेशी समाज निर्माणमा सहभागिताको आह्वान गरेको छ।
प्रतिक्रिया