खाडाचक्रमा महिला मानव अधिकार रक्षक सञ्जाल गठन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

खाडाचक्रमा महिला मानव अधिकार रक्षक सञ्जाल गठन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

कालीकोट – कालीकोटको खाडाचक्रमा महिला मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ । एईआइएन लक्जेम्बर्गको आर्थिक सहयोग, खाडाचक्र नगरपालिकाको समन्वय र सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा खाडाचक्र नगरपालिकामा महिला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो। 

असोज ३१ गते गठन गरिएको सो सञ्जालमा कुल १३ जना सदस्यहरू रहेका छन्। गठन भएको सञ्जालमा मिना शाहीको अध्यक्षता, मिरा देवकोटाको उपाध्यक्षता, जसु उपाध्याय  सचिव, सरिता बि क  सहसचिव र मैया  मल्ल कोषाध्यक्ष रहेका छन्। सदस्यहरूमा रमा शाही, उमा बराल, सिर्जना  शाही, तुलसी रिजाल, धर्मी कामी, उर्मिला शाही, सुनिता गोराल र निस्ता कार्की रहेका छन्।

 

यस सञ्जालको दोस्रो बैठकले आगामी कार्ययोजना तय गर्दै महिलाको अधिकार र सशक्तीकरणका विषयमा निरन्तर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।  कार्तिक १ गते, खाडाचक्र नगरपालिका–१ स्थित चन्दसूर्य होटलमा महिला मानव अधिकार रक्षक सञ्जालका सदस्यहरूका लागि एक दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको थियो। तालिमको अध्यक्षता दलित महिला वडा सदस्य आइतु कामीले गर्नुभएको थियो।

तालिममा सहभागी महिलाहरूले मानव अधिकार, लैङ्गिक समानता, महिला हिंसाविरुद्धको भूमिका र नेतृत्व विकासका विषयमा प्रशिक्षण प्राप्त गरेका थिए। आयोजक संस्थाहरूले यस्ता तालिमहरूले महिला सञ्जाललाई थप सशक्त बनाउँदै समुदायमा महिला अधिकार संरक्षणको अभियानलाई बल पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया