कर्णालीमा तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना
कर्णाली – आगामी तीन दिनसम्म कर्णाली प्रदेशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिनअनुसार आजदेखि कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली रहँदै हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको हो ।
महाशाखाका अनुसार भोलि मंगलबार कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा ठूलो वर्षा र हिमपात हुन सक्ने चेतावनी दिइएको छ ।
आज दिउँसो कर्णालीका धेरैजसो स्थानमा सामान्य बदली रहने र बेलुकीतिर उच्च पहाडी क्षेत्रहरूमा हल्का वर्षा हुने सम्भावना छ । महाशाखाले किसान र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बुधवार पर्सि पनि कोशी, बागमती र गण्डकीसँगै कर्णालीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहने उल्लेख गरिएको छ । मौसम विज्ञहरूले विशेषगरी मुगु, हुम्ला, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लामा चिसो बढ्ने भएकाले आवश्यक तयारी राख्न आग्रह गरेका छन् ।
प्रतिक्रिया