राउटे समुदायका कुल पुजारी भक्तबहादुर शाहीको निधन
सुर्खेत — राउटे समुदायका कुल पुजारी भक्तबहादुर शाहीको ७१ वर्षको उमेरमा निधन भएको छ। उनको निधन २०८२ साल कार्तिक ६ गते भएको हो। स्वर्गीय शाही राउटे समुदायभित्र धर्म, परम्परा र संस्कृतिका प्रमुख अगुवा मानिन्थे। उनको निधनले सम्पूर्ण राउटे समुदाय शोकमग्न बनेको छ।
शाहीका एक छोरा बुरुस शाही र तीन छोरीहरू — कला, मसुरी र कलह शाही रहेका छन्। तीनै छोरीहरूको विवाह भइसकेको छ। उनकी श्रीमतीको भने केही वर्षअघि नै निधन भएको थियो।
हाल राउटे समुदायमा जम्मा १३५ जनाको बसोबास रहेको छ, जसमा पुरुष ६१ जना र महिला ७४ जना छन्। उनीहरू हाल सुर्खेतको लेगवेसी नगरपालिका–८, चिसापानी क्षेत्रमा बसोबास गर्दै आएका छन्।
प्रतिक्रिया