सरकारी सवारी साधनको दुरुपयोग रोक्न कार्यविधि

सरकारी सवारी साधनको दुरुपयोग रोक्न कार्यविधि फोटो–अमर सुनार

दैलेखः कार्यालय प्रमुखहरुको वैठकले सरकारी सवारी साधनको दुरुपयोग रोक्नेदेखि प्रतिनिधिसभाका आसन्न निर्वाचनको तयारी, सरकारी सेवाहरुलाई गतिशील, मीतव्ययी र जनउत्तरदायी बनाउने निर्णय लिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा बुधबार बसेको कार्यालय प्रमुखहरुको बैठकले १० बुदे निर्णय गरेको हो ।

सरकारी सेवाप्रवाहमा देखिएका कमीकमजोरी बारे गुनासो सुनुवाइ र समस्याको सम्बोधन गर्ने, स्वीकृत बजेट अनुसारको वार्षिक कार्यक्रम कार्ययोजना र कार्यान्वयन पद्धति अपनाउने, पुराना रुग्ण योजनाहरुको सूची बनाई जिल्ला प्रशासन र सम्वन्धित निकायबाट आवश्यक पहल गरी समाधान खोज्ने, आवश्यक परे कानूनी प्रक्रियामा लैजाने निर्णय गरिएको छ ।

सरकारी कार्यक्रम र बैठकहरु निर्धारित समयमा सुरु गर्ने,सामान्य अवस्थामा फूलमाला र खादा प्रयोग नगर्ने अति आवश्यक अवस्थामा प्राकृतिक फूलको प्रयोग गर्ने, बस्तु तथा सेवा दिइरहेका व्यवसाय र फर्महरुको अनुगमन गरी दर्ता तथा नवीकरण गराउन लगाउने र अटेरी गरे बन्द गर्न अग्रसरता लिनेसम्म कडाई गरिने निर्णय गरिएको छ ।

बैठकले आसन्न प्रतिनिधिसभाको निर्वाचनको लागि मतदाता नामावली नयाँ नाम दर्तामा सघाउने लगायत निर्वाचनको पूर्वतयारीमा जुट्ने निर्णयसंगै ‘सरकारी सवारी साधन प्रयोग सम्वन्धी जिल्ला स्तरीय कार्यविधि दैलेख, २०८२’ स्वीकृत गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी शाखा अधिकृत गणेशविक्रम शाहले जानकारी दिए ।

कार्यविधिमा सबै सरकारी कार्यालयहरुका सवारी साधनको लगत तयार गर्ने, सवारी साधनको दर्ता नवीकरण अध्यावधिक गरी राख्ने, लाइसेन्स प्राप्तलाई मात्र चलाउन दिने, कुन कामलाई प्रयोग गर्ने हो ? लकबुक अनिवार्य भनुपर्ने, असम्वन्धित व्यक्तिलाई प्रयोग गर्न नदिने, दुरुपयोग भएमा कार्यालय प्रमुख र दुरुपयोग गर्नेलाई विभागीय कारवाही गर्ने उल्लेख छ ।

(पहरेदार)

बैठकका निर्णयहरु:

प्रतिक्रिया