आज देशका यी स्थानमा हुने छ वर्षा

आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं:  ‘मोन्था’ चक्रवातले आज पनि देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल कोशी, मधेश , बागमती,  गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ। 


कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया