झलनाथले भने– अब नयाँ पार्टी बनाउँछौँ

झलनाथले भने– अब नयाँ पार्टी बनाउँछौँ

काठमाडौं:  नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले आफूहरूले नयाँ पार्टी बनाउने बताएका छन् । शुक्रबार साँझ सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले एकलौटी रूपमा पार्टी एकताको निर्णय सुनाएर बैठक सकेको भन्दै नयाँ हिसाबले चल्ने बताएका हुन् । 


उनले नेकपा ९माओवादी केन्द्र०सँगको पार्टी एकता गर्ने निर्णयमा आफू असहमत रहेको बताए । बाह्रखरीको संक्षिप्त कुराकानीमा बैठकको अन्त्यमा बोल्न खोज्दा माइक काटिएको बताए । “मैले असहमति प्रकट गरिसकेको छु । मैले बोल्न खोज्ने बित्तिकै षड्यन्त्रमूलक ढंगले माइक काटियो । तानाशाहीको घिनौना रूप देखाएर बैठक अन्त्य भयो,” उनले भने । 

उनले असमति छ कि भनि नसोधी बैठक सकेकोमा आक्रोश पोखे । “निर्णय गर्ने बेलामा तानाशाहरूको तरिका यस्तै हुन्छ । आफू बोलेपछि बैठक सकियो भनेर हिँड्यो । अरुको मत के छ भन्ने कुरा हुन्छ नि,” उनले भने । उनले ३० पेजको फरक मत राखेको बताए । अब कसरी अघि बढ्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, “कानुनी कुरा अनुरुप भए उनीहरू ९माधव०ले अन्त्य गरेपछि यहीँ पार्टी बनाउँछौँ । तर, नयाँ पार्टी बनाउँछौँ ।”

 

 

१२खरी

प्रतिक्रिया