विश्वकप क्रिकेट लिग–२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित

विश्वकप क्रिकेट लिग–२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित

काठमाण्डौ: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपाल लगातार तेश्रो खेलमा पराजित भएको छ । हिजो भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा छ विकेट गुमाएर भेटायो ।

अमेरिकाका साइतेजा मुक्कामलाले ७५, मिलिन्द कुमारले ७० र शायन जहाँगीरले ३६ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन, नन्दन यादव, करन केसी र गुल्शन झाले समान एक विकेट लिए । त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ७१ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ७५ रन बनाए । यस्तै करन केसीले ४९, कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३ र कप्तान रोहितकुमार पौडेलले ३६ रन बनाए । अमेरिकाका हरमित सिंहले तीन, नोस्टुस केन्जिगे र सौरभ नेत्रवलकरले समान दुई, जसदीप सिंह र शुभम रञ्जनेले समान एक विकेट लिए ।

यो हारसँगै लिग–२ मा नेपाल १९ खेलमा १२ अङ्कसहित पुछारबाट दोश्रो स्थानमा यथावत् छ । २३ खेलमा अमेरिका ३४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । यो शृङ्खलाको पहिलो खेलमा गएको आइतवार नेपाल अमेरिकासँग एक सय छ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

त्यस्तै बिहीवार घरेलु टोली यूएईसँग भएको खेलमा पनि नेपाल पाँच विकेटले पराजित भयो । नेपालले यूएईमा भइरहेको श्रृंखलाको अन्तिम खेल आउँदो बुधवार घरेलु टोलीसँग खेल्नेछ ।

 

 

 

 उज्यालो

प्रतिक्रिया