देशका यी स्थानमा : दुई दिन वर्षा र हिमपातको सम्भावना

देशका यी स्थानमा : दुई दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं: जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भू-भागमा आज र भोलि दुई दिन वर्षा र हिमपातको सम्भावना छ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ।

विभागका अनुसार, यी दुई दिन गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। यी प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ। 
आगामी २ दिन कर्णाली , गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया