दैलेखमा विद्युत सेवा अवरुद्ध

दैलेखमा विद्युत सेवा अवरुद्ध

दैलेख : सुर्खेत–दैलेख ३३ के.भी. प्रसारण लाइनमा फॉल्ट (तकनीकी समस्या) उत्पन्न भएपछि दैलेख जिल्लाको विद्युत आपूर्ति प्रभावित भएको छ । हाल अस्थायी रूपमा अछाम क्षेत्रबाट विद्युत आपूर्ति भइरहे पनि उक्त लाइन मर्मतका लागि आज बिहान ६:३० बजेदेखि सटडाउन (विद्युत अवरुद्ध) गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।


प्राधिकरणका अनुसार सुर्खेत–दैलेख ३३ के.भी. प्रसारण लाइन मर्मत कार्य पूरा नभएसम्म दैलेख जिल्लाको सम्पूर्ण विद्युत सेवा अवरुद्ध रहनेछ । विद्युत आपूर्ति पुनः सुचारु गर्नका लागि मर्मत टोली स्थलमा पुगिसकेको र समस्या यथासिघ्र समाधान गर्न प्रयास भइरहेको जानकारी प्राधिकरणले दिएको छ ।

प्रतिक्रिया