दैलेखमा जातीय विभेदका कारण दलित महिलामाथि कुटपिट
दैलेख — दैलेख जिल्लाको आठबिस नगरपालिका–४ राकममा जातीय विभेदका कारण एक दलित महिलामाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ।
आइतबार राकममा व्यवसाय गर्दै आएकी २८ वर्षीया दिप्सीका विकमाथि कुटपिट भएको हो। पीडित विकका अनुसार, पानी जोड्ने क्रममा विवाद हुँदा स्थानीय रमिला रावलले आफूलाई कुटपिट गरेकी हुन्। कुटपिटपछि दिप्सीका विकलाई छुटाउन गएकी सान्ति विकमाथि पनि आक्रमण गरिएको पीडित पक्षको भनाइ छ।
घटनापछि मानवअधिकारकर्मी र सामाजिक अभियन्ताहरूले यसको कडा निन्दा गरेका छन्। उनीहरूले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
दलित अभियान्ता तथा कर्णाली प्रदेश संयोजक मोहन सुनारले यो घटनालाई जातीय चेतनाको अभावको परिणाम बताउँदै पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
प्रतिक्रिया