नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन जारी
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन जारी रहेको छ। पुष्पकमल दाहालको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) सहित ९ वटा पार्टीहरूको बुधबार काठमाडौंमा सम्मेलन सुरु भएको हो। सम्मेलनमा प्रचण्ड, माधवकुमार नेपाललगायत सबै दलका अध्यक्षले रिमोर्ट थिचेर सम्मेलनको औपचारिक सुरुवात गरेका छन्।

माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि पुगेका छन्। सम्मेलनमा पार्टीको विधान, केन्द्रीय कमिटी तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय गरिएको थियो।
प्रतिक्रिया