स्वर्गीय बुबाको सम्झनामा विद्यालयमा तीन लाखको अक्षयकोष

स्वर्गीय बुबाको सम्झनामा विद्यालयमा तीन लाखको अक्षयकोष

दैलेख : नारायण नगरपालिका–६ भुर्तिका न्यौपाने परिवारले आफ्नो परिवारका स्वर्गीय बुवा नयाँराम न्यौपानेको सम्झनामा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।  श्रीमति–लक्ष्मी न्यौपाने र छोराहरु महेन्द्र प्रसाद न्यौपाने,थिरकुमार न्यौपाने र कुशल न्यौपाने तथा छोरीहरु हरिमायाँ शर्मा, मञ्जु न्यौपाने र शितल न्यौपाने लगायत संयुक्त परिवारले  आफ्ना स्वर्गीय बुबाको सम्झनामा स्थानीय रेडक्रस माध्यमिक विद्यालय नारायण–६ भुर्ति दैलेखमा उक्त अक्षयकोष स्थापना गरेका हुन्। वि.सं. २००३ मंसिर ३ गते जन्म भई २०८२ कार्तीक ८ गते स्वर्गीय हुनु भएका स्व.नयाँराम न्यौपानेको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्ने उनका जेठाछोरा तथा नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिती दैलेखका अध्यक्ष समेत रहेका महेन्द्र प्रसाद न्योपानेले १२औं दिनको पुण्यदिनमा घोषणा गरेका छन्।

स्वर्गीय नयाँरामले पनि विद्यालयको प्रगतिका लागि विभिन्न सहयोग गर्दै आएका र अहिले पनि सोही विद्यालयमा सहयोग गर्दा उनको आत्मले शान्ति पाउने भएका कारण विद्यालयमा अक्षकोषको स्थापना गरिएको न्यौपाने परिवार बताउँछन्। अक्षयकोषमा रहेको पैसाको ब्याजबाट उत्कृष्ठ,गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दा समस्यामा परेका बालबालिकाहरुलाई अध्ययनको लागि थोरै भएपनी पनि राहत पुग्ने र त्यो नै आफूहरुका लागि आशिर्वाद भएको न्यौपाने परिवारको भनाई छ।


 

अक्षकोष घोषणा कार्यक्रममा नारायण नगरपालिका प्रमुख लोमन शर्माले भने “स्वार्गिय नयाँराम न्यौपानेको नाममा जुन अक्षयकोष स्थापना गरेकोछौ,यो कार्य सधैंका लागि सम्झना स्वरुप रहने छ ।” साथै परिवारको लागि समाजसेवाको कार्य गर्नुभएकोकोमा धन्यवाद समेत दिए । अन्य विद्यालयमा पनि आगामी दिनमा यस्ताखालको  समाजसेवाका लागी पुण्य कार्य गर्ने कार्यलाई वैधानिक बनाउन नारायण नगरपालिकाले कार्यविधि बनाई एकरुपता कायम गर्ने र यस्तो पुण्य कार्य गर्नेलाई प्रोत्साहन तथा उच्च सम्मान गर्ने प्रतिवद्धता जनाए ।

यस्तै नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहाहादुर के.सी.ले आफ्नाबुवाको चिरशान्ति र सम्झना स्वरुप अक्षयकोष स्थापना गरी उत्कृष्ट बिद्यार्थी र बिपन्न्न बिद्यार्थीलाई छात्रवृत्ति स्वरुप सहयोग उपलब्ध गराउने गरी अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएकोमा धन्यवाद दिए ।  यो छात्रवृत्ति निरन्तर सदुपयोग तथा  वितरणमा आवश्यक क्षेत्र र कार्यबिधि निर्माण गरी स्थानीय सरकारले अनुगमन र साथसहयोग गर्ने धारणा राखे । 
समुदायले विभिन्न अवसरमा स्थापना गरेका अक्षयकोष र आर्थिक सहयोगले विद्यालयमा अध्ययनरत धेरै बालबालिकाहरुलाई सहयोग गर्न पाइएको पनि रेडक्रस माध्यामिक बिद्यालयका प्रधानाध्यापक पदम बहादुर थापाले बताए।
 

प्रतिक्रिया