सुर्खेत प्रहरीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु

सुर्खेत प्रहरीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु

सुर्खेत:  जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । लागुऔषध कारोबारको मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपीमोहनजंग बुढाथोकीका अनुसार सुनार शुक्रबार बिहान बेहोस अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनलाई उपचारकै क्रममा मृत घोषणा गरेका हुन् ।


‘उनि सुनारसँगै सुतेका अन्य थुनुवाले बिहान उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए,’ डीएसपी बुढाथोकीले बताए, ‘प्रहरीले उनलाई तुरुन्त अस्पताल पुर्‍याएको भए पनि चिकित्सकले मृत घोषणा गर्नुभयो ।’ प्रहरीका अनुसार मृतक सुनार हिरासतमा ७८ दिनदेखि रहेका थिए । चार दिनअघि उनको मुद्दा सरकारी वकिल कार्यालयमा पुगेको थियो र शुक्रबार नै अदालतमा पेशी तय गरिएको थियो । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया