सांसद अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो

सांसद अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो

नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेश सभा सांसद रहबर अन्सारीले प्रदेश सभा बैठक चलिरहेकै बेला आफ्नै अनुहारमा मोसो दलेर विरोध प्रदर्शन गरेका छन्।  मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने क्रममा शनिबारको बैठकमा बोल्दै उनले प्रदेश सभामा रहेका कुनै पनि सदस्यसँग सरकारको नेतृत्व गर्ने नैतिक अधिकार नभएको भन्दै सांकेतिक रूपमा आफूलाई दोषी देखाएका हुन्।

 बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद अन्सारीले मुख्यमन्त्री सोनलको सरकारलाई विश्वासको मत नदिने घोषणा गर्दै जेन(जी आन्दोलनपछि सरकार परिवर्तन भए पनि राजनीतिक चरित्रमा कुनै सुधार नआएको भन्दै आक्रोश व्यक्त गरे। ‘आज हामी सबैले गल्ती स्वीकार गर्ने समय आएको छ। अहिलेका हामीमध्ये कसैसँग पनि सरकारको नेतृत्व गर्ने नैतिक अधिकार छैन,’ उनले भनेका हुन्। यति भन्दै उनले तत्काल आफ्नो अनुहारमा कालोमोसो दलेका थिए।

प्रतिक्रिया