रन वेको लाइटमा समस्या आएपछि बन्द : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा सुचारु

रन वेको लाइटमा समस्या आएपछि बन्द : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा सुचारु तस्विर : सामाजिक सञ्जाल

काठमाण्डौ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे लाइटमा प्राविधिक गडबडी आएपछि बन्द भएको हवाई उडान सञ्चालनमा आएको छ । धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएर हिजो बेलुका साढे ५ बजेदेखि अवरुद्ध विमानस्थल ४ घण्टापछि सञ्चालनमा आएको हो ।

विमानस्थलमा आउने र जाने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान प्रभावित भएका थिए । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले  विमानस्थल खुलेको बताए। विमानस्थल खुलेसँगै डाइभर्ट भएका जहाज पनि बिस्तारै आउने प्राधिकरणले जनाएको छ। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रुले असुविधा भोगेका थिए । 

प्रतिक्रिया