स्वावलम्बन समूह दुल्लुको बैठक सम्पन्न
दैलेख: सोसेक नेपाल दैलेख द्वारा सञ्चालित हातेमालो परियोजनाले दुल्लु नगरपालिका ४ मा स्वावलम्बन समूहको बैठक सम्पन्न गरेको छ । समूहमा १३ सदस्यीय समूहमा अपाङ्गता भएका बालबालिका र अन्य उमेर समूहका मनोसामाजिक समस्या बौद्धिक समस्या , शारीरिक समस्या भएका व्यक्तिहरूको नागरिक सरह पहुँच बढाउन परियोजनाले आय आर्जन तथा सीप मूलक तालिम तथा काम सञ्चालन गर्दै आइरहेको छ।

समूहमा मासिक बचत गर्ने, आवश्यकता अनुसार ऋण परिचालन , अपाङ्गता परिचयपत्र नभएका व्यक्तिहरूको परिचयपत्र बनाउन पहल गर्ने गरेको समूहका सदस्य बलबहादुर विकले बताए।
स्वावलम्बन समूहमा समूह सञ्चालन गर्नु भन्दा पहिले र सञ्चालन पछि समूहका सदस्यहरूको सामाजिक विकास शारीरिक समस्याहरूको समाधान उपचार परामर्श जस्ता कुराहरूमा सोसेक नेपाल हातेमालो परियोजनाले काम गर्दै आईरहेको र आजको बैठक वाट समूहका अपाङ्गता भएका व्यक्तिहरू ले पाउने सेवा सुविधाका बारेमा आवश्यक माग का लागि वडा कार्यालय जाने , अपाङ्गता भएर परिचयपत्र नभएकाहरू ३ लाई परिचयपत्र उपलब्ध नगरपालिका सँगको समन्वय मा गरियो साथै बचत सङ्कलन गरी ऋण परिचालन गरिएको बैठक सहजीकरण सामुदायिक सहजकर्ता भगवती भण्डारी र परियोजनाका सिनियर सामुदायिक सहजकर्ता मान बहादुर थापाले गरेको जानकारी गराए ।
प्रतिक्रिया