बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

कालिकोट -   खाडाचक्र नगरपालिका–१  देखि ५ नं वडाका बिपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

खाडाचक्र नगरपालिकाको समन्वयमा, एईआइएन लक्जेम्बर्ग र सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा, सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा शैक्षिक सामाग्री वितरण गरिएको हो । 

कार्यक्रममा वडा अध्यक्ष धर्मराज ताम्राकार विकको अध्यक्षता, सामाजिक विकास कार्यलय प्रमुख, शिक्षा समन्वय इकाईका प्रतिनिधि, शिक्षक, अभिभावक तथा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममार्फत बिपन्न बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गर्नुका साथै श्री सालडाडा आधारभूत विद्यालयलाई पनि आवश्यक सामग्री हस्तान्तरण गरिएको आधार परियोजना कालिकोटमा कार्यरत सुनिता शाहीले जानकारी दिइन् । 

प्रतिक्रिया