विपन्न किसान र बालबालिकालाई मौरी घार र शैक्षिक सामग्री वितरण

विपन्न किसान र बालबालिकालाई मौरी घार र शैक्षिक सामग्री वितरण

दैलेख -  दैलेखको भैरवी गाउँपालिकामा विपन्न किसान र बालबालिकालाई मौरी घार तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

एईआइएन लक्जेम्बर्गको साझेदारी गाउँपालिकाको समन्वयमा, सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा मौरी घार तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

मौरी घार तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा सम्पन्न भएको आधार परियोजना भैरवीमा कार्यरत जमुना थापा मगरले जानकारी दिइन्  ।

कार्यक्रममा वडा नं. १ देखि ७ सम्मका २० जना किसानलाई प्रत्येक एक–एक घारका दरले मौरी वितरण गरिएको आधार परियोजनाले जनाएको छ ।

त्यस्तै, आर्थिक अवस्था कमजोर, विपन्न वर्गका साथै बुवा–आमा नभएका ३५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो।

प्रतिक्रिया