जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

सुर्खेत:  वीरेन्द्रनगर नगरपालिका–१ र २ का ४८ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जोखिममा परेका ४८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । एईआइएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपाल द्वारा सञ्चालित बिहानी परियोजना तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।  मङ्गलवार वीरेन्द्रनगर नगरपालिका –१ को नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २३ जना,दीपमाला आधारभूत विद्यालयका १० जना र वडा नं.२ को प्रभात माध्यमिक विद्यालयका १५ जना गरी ४८ जना विद्यार्थीलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको छ । 


वीरेन्द्रनगर नगरपालिका–१ का  वडा अध्यक्ष दिनेश खत्रीले सोसेक नेपाल सँग समन्वय गरी काम गर्न पाउँदा अत्यन्तै खुसी लागी रहेको उनले बताए । यस्तै २ का वडा अध्यक्ष गज बहादुर बुढा क्षेत्रिले भने  “सोसेक नेपालले वडा नम्बर २ मा रहेको चौधरी वस्तिमा दिएको सीपमूलक तालिमले आफै अगरबत्ती उत्पादन गरी र कृषि क्षेत्रमा रही विभिन्न किसिमका तरकारी तथा च्याउ उत्पादन गरी आफैमा निर्भर भई जीविकोपार्जन गर्दै आइरहेको बताए । साथै उनले नगरपालिकाको टोल टोलमा र विद्यालयहरूमा विभिन्न किसिमका अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दा परिवर्तन आएको देखिन्छ । ”

 


सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा उनले भने “आर्थिक अभावले कोही पनि बालबालिका पढाई बाट वञ्चित नहोस् भन्नका लागि विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।  कापी किताब,झोला र स्टेशनरीको अभावले बालबालिकाको पढाई नछुटोस भन्ने उद्देश्यले सहयोग गरिएको हो, उनले भने । ” 


 

प्रतिक्रिया