जोखिममा रहेका ८१ जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाका ८१ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । मङ्गलवार वीरेन्द्रनगर नगरपालिका –१, २ का ४८ जना र बुधबार ६,७,८ वडाका ३३ जना गरी ८१ जनालाई जोखिममा परेका बालबालिकालाई एक जनालाई दुई हजार ६ सयका दरले ८१ जनालाई २ लाख १० हजार ६ सय बरावरको शैक्षिक सामग्री वितरण गरिएको हो । एईआइएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपाल द्वारा सञ्चालित बिहानी परियोजना तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा कार्यबाहाक नगर प्रमुख तथा ४ का वडा अध्यक्ष शेर बहादुर के.सीको प्रमुख आतिथ्यतामा जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

बालबालिकालाई यस प्रकारको सहयोग निकै सर्हानिय रहेको र निरन्तर आबस्यक रहेको बताउँदै ,सोसेक नेपाललाई धन्यवाद शिक्षा शाखा प्रमुख धीरेन्द्र कुमार शर्माले दिए । विद्यालय पोशाक,झोला,स्टेशनरी र जुत्ता पाउँदा विपन्न बालबालिका औधी रमाएका थिए ।
बिरेन्द्रनगर नगरपालिका२ का वडा अध्यक्ष गज बहादुर बुढा क्षेत्रिले भने “सोसेक नेपालले वडा नम्बर २ मा रहेको चौधरी वस्तिमा दिएको सीपमूलक तालिमले आफै अगरबत्ती उत्पादन गरी र कृषि क्षेत्रमा रही विभिन्न किसिमका तरकारी तथा च्याउ उत्पादन गरी आफैमा निर्भर भई जीविकोपार्जन गर्दै आइरहेको बताए । साथै उनले नगरपालिकाको टोल टोलमा र विद्यालयहरूमा विभिन्न किसिमका अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दा परिवर्तन आएको देखिन्छ । ”

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले भने “आर्थिक अभावले कोही पनि बालबालिका पढाई बाट वञ्चित नहोस् भन्नका लागि विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । कापी किताब,झोला र स्टेशनरीको अभावले बालबालिकाको पढाई नछुटोस भन्ने उद्देश्यले सहयोग गरिएको हो, उनले भने । ”
उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत धीरेन्द्र प्रसाद शर्मा,महिला बालवालिका शाखा अधिकृत चन्द्रा कुमारी शर्मा,प्रधानाध्यापक,शिक्षक लगायतको उपस्थिति रहेको थियो । यस अघि बिहानी परियोजनाले जुम्लाको चन्दनाथ नगरपालिकाका वडा १,४,५,६,८, र ९ वडाका ७८ जना बालबालिकालाई विद्यालय पोशाक,झोला,स्टेशनरी र जुत्ता लगायतका शैक्षिक सामग्रि बितरण गरीएको थियो ।

प्रतिक्रिया