सभामुखले गरे मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त

सभामुखले गरे मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त

काठमाडौं : मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गराएपछि उनले पनि पाँचजना सांसदलाई पदमुक्त गरेका छन् । प्रदेश प्रमुखले लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै पाँच जना सांसदलाई पदमुक्त गरेको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

सांसदहरु उर्मीला देवी सिंह-सर्लाही, मनिषकुमार सुमन -सप्तरी, संजयकुमार यादव, सिंहासन सा कलवार -सर्लाही र सारदा शंकर प्रसाद कलवार -बारा बाट निर्वाचित सांसदलाई कारबाही गरेका हुन् । पद रिक्तको जानकारी सम्बन्धमा एक सूचना जारी गर्दै भनिएको छ– मधेस प्रदेश सभा बैठकको अभिलेखअनुसार नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरु मिति २०८२ कात्तिक २७ गतेदेखि प्रदेश सभा सदस्यबाट पदमुक्त भएको हुँदा निजहरु प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”

प्रतिक्रिया