रास्वपाका नेता सन्तोष परियारले रास्वपा छाडे
काठमाडौं : सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० छोडेका छन्। नागरिकसँगको कुराकानीमा उनले नयाँ अभियानमा जान आफूले रास्वपा त्यागेको जानकारी दिएका छन् ।
रास्वपाका तत्कालिन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ। रास्वपाबाट यसअघि पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्। अन्य नेताहरुले पनि पार्टी छाड्ने चर्चा छ।
प्रतिक्रिया