प्रहरीलाई अभद्र ब्यावहार गरेको आरोपमा कुटपिट
फोटो - सामाजिक सञ्जाल
दैलेख : जम्बुकाँध प्रहरी चौकीका इञ्चार्ज असई धनसिंह ठकुरीले बिहीबार साँझ शरीरमा निलडाम लाग्ने गरी तीन जना युवाहरु चामुण्डाबिन्द्रासैनी नपा–५ का २३ वर्षीय प्रकाश थापा, वडा नंं. ४ का ३१ वर्षीय सुशील शाही र वडा नं. ८ का ३२ वर्षीय लोकेश बुढालाई असईले कुटपिट गरेका छन् । प्रहरी चौकी नजिकैको एक होटलमा मदिरा खाई हल्ला गरेको भन्ने सिकायतको आधारमा जम्बुकाँध प्रहरी चौकीको प्रांगण लिई कान समाएर घोप्टो पर्न लगाई असई ठकुरीले लठ्ठीले तीनै जनालाई ढाँड र तीघ्रामा कुटपिट गरेका थिए ।

होटल हल्ला नगर्न भनी सम्झाउदा ‘हामी जेन्जी हो’ भन्दै प्रहरी माथि नै दुव्र्यवहार गरेको कारण असईले कुटपिट गरेको जानकारी आएको घटनाको छानविन गरी आवश्यक कारवाही हुने जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर लक्ष्मण पचभइयाले बताए । पीडित पक्षका परिवारले शुक्रबार रातिसम्म जम्बुकाँध प्रहरीचौंकी नाराबाजि सहित कार्यालय घेरा गरेका थिए । घटनाको थप अनुसन्धान प्रहरीले गरीरहेको छ ।
प्रतिक्रिया