एनपीएल : दिउँसो २ बजे शुभारम्भ, पहिलो खेल ४ बजे जनकपुर र काठमाडौं भिड्दै
तस्बिर : क्यान
काठमाण्डौ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । पाली क्रिकेटकै प्रतिष्ठित र लोकप्रिय नेपाल प्रिमियर लिग (एनपीएल) (आज) सोमबारबाट सुरु हुँदैछ।प्रतियोगिताको शुभारम्भ दिउँसो २ बजे हुनेछ भने पहिलो खेल ४ बजे हुनेछ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच प्रतिस्पर्धा हुदैछ । एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।
प्रतियोगिताको विजेता टोलीलाई पुरस्कारस्वरूप एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले ५१ लाख रुपैयाँ, तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ तथा चौथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् । एनपीएल नेपालसँगै संसारभरका क्रिकेटप्रेमीले पनि निकै प्रतीक्षाका साथ हेर्ने नेपाल क्रिकेटका संघका प्रवक्ता छुम्बी लामा बताउँछन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको मुहार फेरिएको छ। पहिलो संस्करणमा चिसो मैदान र रुखमा झुन्डिएरसमेत खेल हेरेका दर्शकले फ्लडलाइटको उज्यालोमा सिटमै बसेर क्रिकेटको मज्जा लिन सक्ने छन् ।
प्रतिक्रिया