मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ फाइल - तस्बिर

काठमाण्डौ : प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।  उनले सोमबार दिउँसो पत्रकार सम्मलेन गरेका थिए। प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका छन्। आन्दोलनको तयारीमा रहेका उनी राति पक्राउ परेका हुन् । यस अगाडि गृह मन्त्रालयमा प्रसाईंका तर्फबाट २६ बुँदे माग पत्र पेश भएको थियो ।


सोमबार मध्येरातमा भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । “सुरक्षा व्यवस्थालाई भड्काउने अभिव्यक्ति दिएपछि गएराति १० बजेतिर पक्राउ गरिएको हो,” जिल्ला प्रहरी कार्यालय भक्तपुर स्रोतले जानकारी दिएको छ । हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति  दिएको आरोपमा उनी पक्राउ परेका हुन् । 

प्रतिक्रिया