विश्व शौचालय दिवस २०२५ अर्थात २०८२ का अवसरमा सोसेक नेपालद्वारा शुभकामना सन्देश
दैलेख : हरेक वर्ष नोभेम्बर १९—स्वच्छता, मर्यादा र सुरक्षित जीवनका लागि शौचालयको महत्वमाथि विश्वभर जनचेतना फैलाउने दिन हो । विश्व शौचालय दिवश २०८२ को अवसरमा सोसेक नेपालले शुभकामना सन्देश जारी गरेको छ । यो दिन हामी सबैलाई सम्झाउने अवसर हो कि सुरक्षित र पहुँचयुक्त शौचालय मानव अधिकारको एक अभिन्न अङ्ग हो ।
सोसेक नेपाल लामो समयदेखि ग्रामीण र सीमान्तकृत समुदायहरूमाझ वासका कार्यक्रमहरू संचालन गर्दै आएको छ । बालमैत्री शौचालय, रजस्वला–मैत्री सरसफाइ, लैङ्गिक–समावेशी पहुँच, र स्वच्छतामार्फत गरिमायुक्त जीवनको प्रवद्र्धन हाम्रो अभियानको मूल मर्म हो ।
सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा र अध्यक्ष मञ्जु कुमारी खड्काले संयुक्त रुपमा जारी गरेको सन्देशमा भनिएको छ । (सुरक्षित, दिगो र जलवायु–मैत्री शौचालय– सबैका लागि) हामी सबैले मिलेर हाम्रा समुदायमा शून्य खुला दिसा अभ्यास -ODF_ कायम गर्न, सबैका लागि पहुँचयुक्त शौचालय सुनिश्चित गर्न र वातावरणमैत्री प्रविधिहरूलाई प्राथमिकता दिनु अत्यावश्यक छ । यस अवसरमा, हामी स्थानीय तह, विद्यालयहरू, महिला समूह, बाल क्लब, तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै स्वच्छता जागरण, शौचालय उपयोग प्रोत्साहन, र सार्वजनिक नीति सम्वादलाई निरन्तरता दिइरहेका छौँ ।
➡ शौचालय अधिकार हो, विलासिता होइन !
➡ हामी सबैको सरसफाइबाट सुरक्षित भविष्य सुनिश्चित हुन्छ !
स्वस्थ जीवन, सुरक्षित शौचालय, समावेशी समाज विश्व शौचालय दिवस शुभकामना दिएको छ । साथै, सोसेक नेपालवाट गरिने सहयोग वा कार्यमा कुनै सिकायत वा गुनासो र सल्लाह सुझाव भएमा निशुल्क टोल फ्रि नम्वर १६६०८९४२००१ नमस्ते प्रयोग कर्ता र ९८०१५७४८८८ एनसेल प्रयोगकर्ताले जिज्ञासा गुनासो वा सल्लाह सुझाव दिनु हुन अनुरोध छ ।

प्रतिक्रिया