कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौँ -   नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि कात्तिक गतेका लागि बोलाइएको बैठक स्थगित गरेर आज दिउँसो २ बजेका लागि बोलाइएको थियो ।

कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै आजका लागि बोलाइएको बैठक आगामी शनिबार दिउँसो १ बजे बस्ने गरी सारिएको जनाएका छन् ।

गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पटकपटक स्थगित हुँदै र चल्दै आएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको विषयलाई लिएर मतभेद जारी छ ।

पार्टीको महाधिवेशन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि गर्ने कि पछि भन्नेमा नेताहरूवीच विवाद हुँदा केन्द्रीय समिति बैठक लम्बिँदै गएको छ ।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत मंसिर–पुसभित्र नियमित वा विषेश महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा निकट केही पदाधिकारी तथा पूर्वपदाधिकारीहरू निर्वाचनपछि वैशाखमा गर्नुपर्ने पक्षमा छन् ।

केन्द्रीय समिति बैठक चलिरहेका बेला महाधिवेशनको विषयलाई लिएर संस्थापन पक्ष र इतर पक्षबीच छुट्टाछुट्टै बैठक र भेला हुँदै आएका छन् ।

प्रतिक्रिया