बालबालिकाको व्यक्तिगत सरसफाइबारे अभिमुखीकरण

बालबालिकाको व्यक्तिगत सरसफाइबारे अभिमुखीकरण

दैलेख -  दैलेखको ठाटीकाँध गाउँपालिका–२ पिपलचौतारास्थित श्री जनता आधारभूत विद्यालयमा कक्षा ३ का बालबालिकालाई व्यक्तिगत सरसफाइसम्बन्धी अभिमुखीकरण गरिएको छ ।

अभिमुखीकरणमा हात धुने सही तरिका, नङ् काट्ने बानी, दिशा गरेपछि साबुन–पानीले हात धुनुको आवश्यकताबारे सामूहिक छलफल गरिएको थियो ।

सहकार्य परियोजना ठाटीकाँधमा कार्यरत मनोविमर्शकर्ता तारा आचार्यका अनुसार अभिमुखीकरणमा सहभागी भएका बालबालिकामध्ये केवल दुई जनाले मात्र हातका नङ्ग काटेका थिए । बाँकी अधिकांशका नङ्ग लामो भेटिएको छ। त्यस्तै, छ बालिकासहित कुल १२ जना सहभागीमध्ये ८ जना बालबालिकामा दिशा गरेपछि साबुन–पानीले हात धुने बानी विकसित नभएको पाइएको आचार्यले जानकारी दिइन् ।

प्रतिक्रिया