नेकपा एमालेको काठमाडौंमा शक्ति प्रदर्शन : उपत्यकामा सुरक्षा कडा

नेकपा एमालेको काठमाडौंमा शक्ति प्रदर्शन : उपत्यकामा सुरक्षा कडा

काठमाडौँ -  नेकपा (एमाले) ले जनपरिचालन अभियानअन्तर्गत आज राजधानी काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गरिरहेको छ। हालै देशभरका ७५३ वटै स्थानीय तहमा संसद् विघटनविरुद्ध प्रदर्शन गरिसकेको एमालेले केन्द्रिय शक्ति प्रदर्शन राजधानीमै गर्ने निर्णय गरेको हो ।

शुक्रबार ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गरेको एमालेले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तरिकाले बनेको आरोप लगाउँदै विरोधस्वरूप भृकुटीमण्डपमा जनसभा आयोजना गर्न लागेको जनाएको छ। आज हुने जनसभामा करिब ६० हजार सहभागी उतार्ने दाबी पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका छन्।

प्रदर्शनमा सहभागी हुन उपत्यका आसपासका जिल्ला तथा स्थानीय तहहरूबाट कार्यकर्ता काठमाडौं प्रवेश गरिरहेका छन्। ठूलो भीड भर्न सक्ने अनुमानसहित उपत्यकामा सुरक्षा व्यवस्था कडा गरिएको छ।

बिहानैदेखि काठमाडौंका मुख्य चोक, सडक तथा संवेदनशील क्षेत्रहरूमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ। यातायात तथा भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरी समेत उच्च सतर्कतामा राखिएको बताइएको छ।

प्रतिक्रिया