कर्णालीमा सामुदायिक बीउ बैंक विस्तारबारे प्रदेश–स्तरीय नीति संवाद सुरु

कर्णालीमा सामुदायिक बीउ बैंक विस्तारबारे प्रदेश–स्तरीय नीति संवाद सुरु

सुर्खेत -  कर्णाली प्रदेशमा सामुदायिक बीउ बैंकको वर्तमान अवस्था, चुनौती र विस्तारका आवश्यकतामाथि केन्द्रित प्रदेश–स्तरीय नीति संवाद कार्यक्रम आजदेखि सुर्खेतमा सुरु भएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले विभिन्न रैथाने बीउहरू सिसाको हावाबन्द भाँडामा राखी प्रतीकात्मक उद्घाटन गरे ।

उद्घाटन समारोहमा वक्ताहरूले सामुदायिक स्तरमा मौलिक बाली प्रजातिको संरक्षण, दिगो उपयोग र उत्पादन वृद्धिका लागि सामुदायिक बीउ बैंक अत्यन्त नै प्रभावकारी माध्यम भएकोमा जोड दिए।

संवादको उद्देश्य प्रदेश तथा स्थानीय तहमा बीउ बैंक–सम्बन्धी नीतिगत आधार विकास, कार्यक्रम विस्तार र बीउको सहज तथा सुरक्षित आपूर्तिका लागि आवश्यक दिशानिर्देश तय गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।

नीति संवादमा प्रदेश सरकारका अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, कृषि विज्ञ, सरोकारवाला संस्था तथा किसान समूहहरूको सक्रिय सहभागिता रहेको छ। कार्यक्रमले कर्णालीको कृषि प्रणालीलाई आत्मनिर्भर र बहुविविधतामूलक बनाउन योगदान पु¥याउने विश्वास लिइएको छ।

प्रतिक्रिया