ठाटीकाँधमा लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न
दैलेख - “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नारासहित महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ स्थित श्री मालिका माध्यमिक विद्यालय पाचालामा विद्यालय–स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
एईआइएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा ठाटीकाँधमा सञ्चालित सहकार्य परियोजनाको सहजीकरणमा विद्यालय स्तरी अभिमुखीकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा लैङ्गिक हिंसाबाट कसैपनि व्यक्तिले पीडित बन्न नपरोस् र हरेक व्यक्तिले आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्ने सन्देश प्रवाह गरिएको थियो ।

अभिमुखीकरणका क्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय समुदायलाई लैङ्गिक हिंसाका रूप, कारण, कानुनी व्यवस्था, सुरक्षित प्रविधि प्रयोग तथा रिपोर्टिङ प्रणालीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । साथै विद्यालय तथा समुदायमा यस्ता हिंसाका घटनालाई पहिचान, रोकथाम र नियन्त्रणमा सबैको साझा जिम्मेवारी हुनेमा सहभागीहरुले जोड दिए ।
कार्यक्रममार्फत विद्यार्थीलाई आफ्नो हक–अधिकारको पहिचान, डिजिटल सुरक्षा, भेदभावविरुद्धको आवाज र सहयोगका माध्यमहरूबारे सचेत गराइएको विद्यालयले जानकारी दिएको छ। अभियानअन्तर्गत अगामी दिनहरूमा विविध सचेतनामूलक गतिविधि सञ्चालन गरिने जनाएको छ।
प्रतिक्रिया