जुम्लाको सिंजामा छायांकन ‘अदृश्य आँसु’ सार्वजनिक

जुम्लाको सिंजामा छायांकन ‘अदृश्य आँसु’ सार्वजनिक

सुर्खेत -   लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जुम्लाको सिंजामा छायांकन गरिएको जनचेतनामूलक लघु चलचित्र ‘अदृश्य आँसु’ सार्वजनिक गरिएको छ । सुस्वा परियोजनाको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्र काठमाडौँ र सुर्खेतमा आयोजित विशेष समारोहमार्फत् सार्वजनिक गरिएको हो ।

चलचित्रमा मानबहादुर कुँवर ‘भैरे’, सिर्जना बडुवाल, धनपुरा शाहीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। सामाजिक विभेद, महिनावारी र अपांगता विभेदका विषयलाई केन्द्रमा राखी तयार पारिएको यस फिल्मलाई राजु तिर्वाले निर्देशन गरेका छन् भने एम्बी कमल (कमल शाही)ले छायांकन तथा सम्पादन गरेका छन्।

सुस्वाका लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण विज्ञ राजु तिर्वाका अनुसार चलचित्रले जातीय विभेद, महिनावारीका नाममा हुने कुप्रथा तथा अपांगता भएका व्यक्तिमाथि हुने अन्यायका विरुद्ध समाजलाई एकजुट गराउने सन्देश बोकेको छ ।

‘अदृश्य आँसु’ सुस्वा परियोजनाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया