पत्रकारआचार्यको सवारी दुर्घटनामा मृत्यु

पत्रकारआचार्यको सवारी दुर्घटनामा मृत्यु

सुर्खेत -   कालिकोटका पत्रकार वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु भएको छ । उनी प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्षसमेत हुन् ।

रेडियो तिला आवाजका स्टेसन म्यानेजर आचार्य चढेको स्कुटरलाई सुर्खेतको वीरेन्द्रनगर-२ वडा कार्यालय अगाडि शुक्रबार साँझ मोटरसाइकलले ठक्कर दिएको थियो  ।

मुलपानीबाट भुरेलीतर्फ गइरहेको यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले आचार्य चढेको स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते आचार्यको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शाही पनि घाइते छन् । टाउको र शरीरका विभिन्न भागमा चोट लागेको शाहीको स्वास्थ्य मध्यम छ ।

प्रतिक्रिया