श्रीलंकामा भीषण बाढीरपहिरो : १२३ जनाको मृत्यु, १३० बेपत्ता

श्रीलंकामा भीषण बाढीरपहिरो : १२३ जनाको मृत्यु, १३० बेपत्ता

काठमाडौं : श्रीलंकामा देशभर परेको भारी वर्षा र बाढीका कारण १२३ जनाको मृत्यु भएको छ । १३० जना बेपत्ता रहेका छन् ।  विपद् व्यवस्थापन केन्द्रका अनुसार ४३ हजार ९९५ जनालाई राहत केन्द्रमा राखिएको छ । सोमबारदेखि भारी वर्षा सुरु भएको थियो ।

बुधबार मुख्य क्षेत्रमा अझ ठूलो वर्षा भएको थियो । शुक्रबार साँझ केलानी नदीको तटवन्ध भत्किँदा धेरै मानिसहरू अस्थायी शिविरमा सारिएका छन् ।  देशका अधिकांश भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी परिरहेको छ । भारतले पीडितहरूको लागि आवश्यक राहत सामग्री पठाइसकेको छ । सरकारले उद्धार र राहत कार्यलाई अझ सुदृढ बनाउन सेना परिचालन गरेको छ । हेलिकोप्टर र डुंगा प्रयोग गरी फसेका बासिन्दाहरू उद्धार गरिएको छ । (बीबीसी )

प्रतिक्रिया