यू–१९ प्रिमियर कपमा : मलेसियामाथि नेपालको शानदार जित

यू–१९ प्रिमियर कपमा : मलेसियामाथि नेपालको शानदार जित

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले मलेसियामाथि  शानदार जित निकालेको छ।  मलेसियालाई ९ विकेटले हराउँदै नेपाल जारी यू–१९ प्रिमियर कपको फाइनलमा पुगेको हो।  
 शनिबार भएको एकदिवसीय खेलमा मलेसिया १७.२ ओभरमा ५१ रन बनाएर अलआउट भएको हो। मलेसियाले दिएको ५२ रनको सामान्य लक्ष्य पन्छाएको नेपालले १ विकेटको क्षतिमा ७.५ ओभरमा ५५ रन बनाउँदै  शानदार जित निकालेको हो।  
यो जितेसँगै नेपाल आगामी एसीसी यू–१९ एसिया कपमा छनोट भएको छ। १४ टोलीको सहभागिता रहेको प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने प्रावधान छ।  यू–१९ एसिया कपको १२औँ संस्करण आगामी डिसेम्बर १२ देखि २१ तारिखसम्म यूएईमा आयोजना हुँदैछ।

प्रतिक्रिया