‘बालबालिका माथि हुने हिंसा बन्द गरौं’ लोकगीत प्रतियोगिता सम्पन्न

‘बालबालिका माथि हुने हिंसा बन्द गरौं’ लोकगीत प्रतियोगिता सम्पन्न

जुम्ला -  जुम्लाको चन्दननाथ नगरपालिकामा  ‘बालबालिका माथि हुने हिंसा बन्द गरौं’ लोकगीत प्रतियोगिता संचालन गरिएको छ ।

चन्दननाथ नगरपालिका –८ मा अवस्थित श्री भैरव माध्यमिक विद्यालयमा शुक्रबार ‘बालबालिका माथि हुने हिंसा बन्द गरौं’ भन्ने मूल नारासहित लोकगीत प्रतियोगिता सम्पन्न भएको हो ।

एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा सञ्चालित ‘बिहानी परियोजना’ अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रम बालबालिका तथा समुदायमा हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यालयका छात्र–छात्रा, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उत्साहपूर्ण सहभागिता रहेको परियोजनाले जनाएको छ।

यस्तै, सोसेक नेपालले यही परियोजनाअन्तर्गत चन्दननाथ नगरपालिकामा सञ्चालन हुन गइरहेको ३४‌औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा समन्वय गर्दै माइनुट उपस्थित विवरण संकलन, फोटो–भिडियो तथा रिपोर्टिङको जिम्मेवारी लिएको जानकारी दिएको छ ।

त्यस्तै मंसिर २१ गते महिला हिंसासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न सोसेक नेपालले वडा नं. १ का वडा अध्यक्ष तथा नगरपालिकासँग समन्वय गरेको छ। अर्को तर्फ, हालै सम्पन्न अनलाइन स्टाफ मिटिङमा परियोजना प्रगति, डिसेम्बर महिनाको कार्ययोजना तथा विभिन्न नीतिगत विषयहरूमा छलफल भएको थियो ।

मिटिङमा ‘सेफ गार्डिङ पॉलिसी’ अन्तर्गत उजुरी तथा रिपोर्टिङ प्रक्रियाबारे जानकारीसहित, समुदायमा हुने गतिविधिसम्बन्धी भुक्तानी ढिलाइप्रति सजग रहने तथा संस्थाबाट गरिने कारबाही प्रक्रिया समेत स्पष्ट पारिएको थियो ।

त्यसैगरी, रिपोर्टिङ च्यानल, स्टाफ ग्याप रिपोर्टिङ, नोभेम्बर महिनाको कार्यसमिक्षा र डिसेम्बरको कार्ययोजनाबारे विस्तृत छलफल भएको परियोजनाले जनाएको छ।

प्रतिक्रिया