सोसेक नेपाल सहयात्रा तेस्रोद्धारा चामुण्डाबिन्द्रासैनी ५ का १९ वालवालिका लाई सहयोग
दैलेख : सोसेक नेपालद्धारा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तरगत मंगलबार ५ नम्बर वडाको विभिन्न विद्यालयमा अध्ययनरत १९ जना सहाराविहिन विपन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । वडा भित्रका अभिभावक विहिन अति विपन्न वालवालिकाहरुलाई विद्यालय झोला, कपि कलम लगाएत घरमा अध्ययन सहजका लागि मिनि टेवल सहयोग गरिएको हो ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ वडा कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच ति वालवालिकाहरुलाई उक्त सामाग्री सहयोग गरिएको हो । सहयात्रा तेस्रोले यतिबेला नगरपालिका क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सुधारका कार्यक्रमहरु सहित कक्षा व्यवस्थापन लगाएत विविध कार्यक्रम गर्दै आइरहेको छ। सहयोग कार्यक्रमको अवसरमा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका ५ का वडाध्यक्ष हस्त प्रसाद शर्माले वडा भित्रका अति विपन्न अभिभावक विहिन वालवालिकालाई सहयात्रा तेस्रोले गरेको सहयोको उच्च मुःल्यांकन गरिएको भन्दै ति सामाग्रीहरुको उचित प्रयोग गर्दै ति वालवालिकाहरुको शैक्षिक सुधारमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया